प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आँफै उपस्थित हुन सर्बोच्चको आदेश



अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।अदालतको मानहानी मुद्दामा बिहिबार प्रधानमन्त्रीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।प्रधानमन्त्री ओलीले ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रधानमन्त्री ओलीलाई मात्रै नभएर अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई पनि आफैँ अदालतमा उपस्थित् भएर लिखित जवाफ दिन आदेश दिएको छ । त्यस्तै, अदालतको अवहेलना मुद्दामा नै पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन पनि आदेश दिएको छ । आज (बिहीबार) न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहिबार  ११ : ५७ बजे