पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ ।

देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहिबार  १२ : ०७ बजे