पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसगा अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । बिहिबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र पूर्वसभामुख दमननाथ ढुंगानासँगलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए भने पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका हुन् ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहिबार  १२ : २३ बजे