बिभाजित नेकपाका दुवै समुहसँग निर्वाचन आयोगले आज छलफल गर्दै



बिभाजित  नेकपाका दुबै समुहसग आज निर्बाचन आयोगले छलफल गर्ने भएको छ ।

यसअघी आयोगले ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको थियो

आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको हो ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको बताए।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  ४ : ४८ बजे