बिभाजित नेकपाको ओली समूहले आगामी माघ २३ मा गर्ने भनेको आमसभा नारायणहिटी दरबार अगाडि गर्ने भएको छ ।
उक्त आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।
भृकुटी मण्डप अगाडि धेरै मान्छे नअटाउने भएकोले नारायणहिटी दरबार अगाडि राखिएको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुने उनले बताए ।
सभामा सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइने बताइएको छ ।
बिभाजित नेकपाका दुबै समुहहरु हाल आ- आफ्नो पक्षमा धेरै मान्छे देखाउने होडबाजिमा छन ।
दुबै समुहले राजधानी बाहिरका प्रमुख शहरहरुमा पनि लगातार आमसभाहरु गरिरहेका छन ।








