२४ घण्टामा १ सय ५ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : माघ १८, २०७७ आईतबार  ११ : २१ बजे