ज्येष्ठ नागरिक जिल्लासंघ द्धारा ८० ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण



हिउदको समयमा सबैभन्दा बढी ज्येष्ठ नागरिक लाई जाडोले चिमोट्छ । चिसो मौसम बढीरहेको समयलाई ख्याल गर्दै जाडो छल्नका लागि ओखलढुंगाको चिशंखुगढी गाउपालिका–८ माम्खाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुंगाले वडा भित्रका ७० बर्ष माथिका एक सय जना भन्दा बढी ज्येष्ठ नागरिक लाई न्यानो ज्याकेट वितरण गरेको हो ।

उनिहरुलाई ज्याकेट संगै कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथामका लागि मास्क समेत विरण गरेको छ । सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक एवं ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुंगाका अध्यक्ष जीवन शर्मा, संघका जिल्ला सदस्य तथा नेपाली कांग्रेसका सचिव गोपालमान थापा, संघका सदस्य मैयादेवी दाहाल लगायतको टोलीले वडामै पुगेर ज्येष्ठ नागरिकहरुलाई ज्याकेट र मास्क उपलब्ध गराएका हुन् ।

वडा कार्यालयको तथ्यांक अनुसार १ सय २१ जना ज्येष्ठ नागरिक रहेको चिशंखुगढी–८ मा ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गर्ने योजना रहेको र पहिलो चरणमा ८० जनालाई ज्याकेट प्रदान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका सदस्य तथा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य गोपालमान थापाले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सम्मान स्वरुप गरिएको न्यानो ज्याकेट वितरण कार्यक्रममा छुटभएका ७० बर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई केही दिन भित्रै ज्याकेट उपलब्ध गराईने वाहाले बताउनुभयो ।

ज्येष्ठ नागरिक समाजका ज्यूदा इतिहास र पुराना सिपका भण्डार भएकाले उनिहरुको सम्मान स्वरुप विभिन्न निकाय तथा व्यक्तिहरुको सहकार्यमा संघ मार्फत न्यानो ज्याकेट वितरणको गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष समेत रहनुभएका पत्रकार एवं ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष जीवन शर्माले बताउनुभयो । नेपालको सामाजिक संरचना अनुरास घर परिवार बाट विस्तारै टाढीदै गएका ज्येष्ठ नागरिकहरुको आत्म सम्मानमा यस्ता योजनाले सहयोग पुर्याउने वाहाको अनुभव छ । सम्मान स्वरुप तातो ज्याकेट प्रप्त गरेपछि ज्येष्ठ नागरिकहरु आत्मदेखिनै खुसी भएको ९३ बर्षीय दुतिधन राइले सुनाउनुभयो । न्यानो ज्याकेटद्धारा सम्मानीत हुने ज्येष्ठ नागरिकहरुले सरकारी तहबाट पनि विशेष सहयोगको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

ज्येष्ठ नागरिक जिल्ला संघद्धारा ज्योकेट प्राप्त गर्नेहरुमा ७० बर्ष देखि १ सय ६ बर्ष सम्मका ज्येठ नागरिक रहेका छन् । बुढ्यौलीपन सबै नागरिकमा विस्तारै आउने निश्चित भएकाले उनिहरुको व्यवस्थापन, सम्मानपूर्वक वाच्न पाउने अधिकारको सुनिश्चितता संगै बाचुन्जेल उनिहरुको मुहारमा हासो ल्याउन युवापुस्ताले दिर्घकालिन योजनाको थालनी गर्नु पर्ने अध्यक्ष शर्माले बताउनुभयो । ज्येष्ठ नागरिकका क्षेत्रमा स्थानीय प्रदेश तथा संघिय सरकारले प्रथमिक्ताका साथ निति कार्यक्रम बनाउन ज्येष्ठ नागरिक जिल्ला संघले आग्रह गरेको छ ।

ज्याकेटद्धारा सम्मानीत चिशंखुगढी–८ माम्खाका ज्येष्ठ नागरिकहरुले सहयोगि संस्था तथा व्यक्तिहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् । ज्येष्ठ नागरिक जिल्ला संघले विगत ७ बर्षदेखि ज्येष्ठ नागरिकका हकहित, अधिकार, सहयोग तथा सम्मानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ६ : २३ बजे