७७ वटै जिल्लामा कांग्रेसका भ्रातृसंस्थाहरुले संसद विघटनविरुद्ध प्रदर्शन गर्दै



कांग्रेसका १३ वटा भ्रातृ तथा शुभेच्छुक संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशैभरी प्रदशर्न गर्दै छन ।आज सबै जिल्लामा जिल्लाले नै समन्वय गरेर बिरोध कार्यक्रम हुँदैछ ।

यस अघी आज हुने प्रदर्शनआमाअ सहभागी हुन नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघ भानुभक्त सिग्देल, नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना,नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग,राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघ अब्दुल सतार, नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर र नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुरले संयुक्त विज्ञप्ति जारी गरी अपिल गरेका थिए ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ६ : ५५ बजे