नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ।बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालतको अवहेलना रिटमाथिको लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।दाहालविरुद्ध सर्वोच्चमा अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि ‘हेर्न नभ्याइने’ भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई अवहेलना मुद्दामा सात दिन भित्र नै लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।








