थप १४२ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन्।

योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  ११ : ३२ बजे