निर्वाचन सम्पन्न गर्न आयोगले माग्यो ७ अर्ब ७ करोड बजेट



निर्बाचन आयोगले सरकारसग ७ अर्ब ७ करोडभन्दा बढी  बजेट माग गरेको छ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सो बजेट माग गरेको हो ।

आयोगको मङ्गलवार बसेको बैठकले दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेको हो ।

सकेसम्म कम खर्चमा मितव्ययी तरिकाबाट निर्वाचन सम्पन्न गर्ने गरी खर्च माग गरेको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  १ : ३५ बजे