काठमाण्डुमा मौसम बदली : भोलि पानी पर्ने सम्भावना



न्यून चापीय वायुको असरले सुदुर पश्चिम र कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा हिजोदेखि भारी हिमपात र बरफ सहितको हूरी आएको छ, तल्लो पहाडी क्षेत्रमा हिउँदे बर्षा भएको छ।

पश्चिमी वायुको यो प्रभाव क्रमश: पश्चिमतिर सरेको हुँदा आज अपराह्नबाट काठमाण्डु लगायत मध्य र पूर्वी नेपालमा पनि मौसममा बदलाव आई बर्षा र हिमपातको असर देखिने छ। आज शुक्रबार साँझदेखि बिग्रिएको मौसमी असरले भोलि अपराह्नसम्ममा काठमाण्डु र वरपर बर्षा गराउन सक्ने भविष्यवाणी बिभिन्न भूउपग्रह मार्फत गरिएका आँकलनले देखाएको छ।

लामो समयको सुख्खापछि हुन सक्ने यो बर्षाले कृषक समुदायमा हर्षको संचार गर्नेछ भने हिउँदको अन्त्यतिर हुनाले यसपछि क्रमश: दिनहरु घमाउने विश्वास गरिन्छ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  ५ : १६ बजे