प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुने बताएका छन ।आफूले लोकतन्त्र र गणतन्त्र प्राप्तिको लागि आफूले धेरै समय लडेको स्पष्ट पारेडऐ उनले आज आफ्नो पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई गरेको सम्बोधनआमाअ यस्तो बताएका हुन् ।
उनले भने–‘जसले हिजो आधा दशकभन्दा बढि समय गणतन्त्रको लागि लड्यो । लोकतन्त्रको लागि लड्यो। सामाजिक न्याय र समानताको लागि लड्यो । त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ अरे । संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ । हामीले यो व्यवस्था लडेर र बलिदानी दिएर ल्याएका छौं । सरकार कार्यान्वयन गरेर अघि बढ्छ । विकासमा यसले बाधा दिएको छैन् ।
सभामा बोल्दै ओलिले कुन नेकपा आधिकारिक हो भन्ने टुंगो लागेको समेत दाबी गरे ।ओलीले जनसभामा सहभागीको भिड देखाउँदै आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरे ।








