अखिल नेपाल महिला संघ ओखलढुंगाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल मार्फत आज अखिल नेपाल महिला संघ माधव प्रचण्ड समुहका महिला नेताहरुले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका हुन् ।
जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंबैधानीक कार्य गरेको भन्दै त्यसलाइ सच्याएर संविधानलाई क्रीयाशिल बनाउने पक्षमा आउन ध्यानाकर्षण गरेको अनेमसंघ ओखलढुंगाले जनाएको छ । नेपालको संविधानमा नभएको व्यवस्था ल्याएर ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसप्रति आपत्ती जनाएको ज्ञापन पत्रमा भनिएको छ ।
महिलाहरुको ठुलो बलिदानीपूर्ण संघर्षबाट आएको राजनीतिक परिवर्तन, संघिय लोकतान्त्रीक गणतन्त्र,धर्म निरपेक्षता समानुपातीक समावेश िसहतको संविधानको रक्षा गर्न आफुहरु सक्षम भएको भन्दै प्रधानमन्त्री ओलीले चालेको कदममा क्षमा याचना गर्नु पर्ने महिलाहरुले बताएका छन् । प्रधानमन्त्रीको पौष ५ गतेको कमद पछि देश अस्थिरता र मुडभेट तर्फ गएको सचेत गराउदै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य निर्मला श्रेष्ठले स.विधानमाथी भएको कु को विरुद्धमा भएका शान्तीपूर्ण आन्दोलन गर्दा महिला नेताहरुमाथि पुरुष प्रहरी लगाएर दमन गर्ने सम्मका घिन लाग्दो कार्य सरकार पक्षबाट भैरहेको बताउनुभयो ।
यो खालका कदम तत्काल बन्द गर्न र संसद सुचारु गर्ने व्यवस्था मिलाई लोकतान्त्रीक संविधानलाई सुरक्षित राख्न वाहाले माग गर्नुभयो । त्यस्तै अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुशमीका राइले प्रधानमन्त्री ओली बाट भएको असंबैधानीक कदम पश्चात देशमा अशान्ती, अस्थिरता संगै महिला हिंसाका घटनाहरु बृद्धि हुन थालेको बताउनुभयो । संविधानको ठाडो उल्लंघन गरी स्वच्छाचारी ढंगले गरिएको प्रतिनिधि सभाको विघटनले तानाशाह जन्माउने र जनताका अधिकार खोस्ने बाट तय गरेको उवाहाको भनाइ छ ।








