कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस कम्युनिष्टहरुसग मिलेर आन्दोलनमा नजाने बाताएका छन् । सुशील कोइरालाको छैटौ स्मृती दिबसको अबसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठ्माण्डौमा गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
कम्युनिष्ट पार्टिहरुले पटक पटक धोका दिएको स्मरण गर्दै कोइरालाले सरकारको असंबैधानिक र अलोकतान्त्रिक हर्कत बिरुद्द कांग्रेस आन्दोलनरत रहेको र कांग्रेस आफैले आन्दोलन गर्ने कोइरालाले स्पस्ट पारे । जनताले दुइ तिहाइ मत दिदा समेत सरकार चलाउन नसकेर कम्युनिष्टहरु असफल भइसकेको दाबी गर्दै कोइरालाले असफल भइसकेका कम्युनिष्टहरुसग मिलेर आन्दोलन गर्नुको औचित्य नरहेको धारणा राखे ।नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने कोइरालाकोको भनाइ थियो ।
कांग्रेसले कम्युनिष्ठरुसग मिलेर गरेका आन्दोलनबाट बिश्वमा असफल भइसकेका कम्युनिष्टहरु नेपालमा मौलाउने अबसर पाएको कोइरालाले बताए ।शुशिल कोइराला नेतृत्वको कांग्रेस सरकारले जारी गरेको संबिधान समेत कम्युनिष्टहरुले असफल र धुजा धुजा बनाउन आटेको भन्दै कोइरालाले सरकारको कडा आलोचना गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डा . मिनेन्द्र रिजालले मांसाहारी आन्दोलन गर्नेलाई सरकारले चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइ हास्यस्पद भएको भनाइ राखे । नेता रिजालले गृहमन्त्री थापा आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर भएको स्मरण गराउँदै गृहमन्त्रीलाई आफैं चिडियाखानामा गएर बस्न आग्रह गरे ।
कार्यक्रममा नेकपा प्रचण्ड नेपाल समुहका नेता रघुजी पन्तले कांग्रेसले संसद विघटनलाई असंवैधानिक भने पनि आन्दोलन गर्न खुट्टा कमाएको आरोप लगाए ।
तेस्तै कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य जिबन परियारले सरकारले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए ।








