संसद विघटनमाथिको मुद्दामा मङ्गलवार सुनुवाइ नहुने



प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि (मङ्गलवार) नहुने भएको छ ।

यसअघी निरन्तर जारी रहेको सुनुवाइ पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मङ्गलवार स्थगित गरिएको हो ।

मङ्गलवार सुनुवाइ नगरिने जानकारी गराउदै प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणाले बुधवार वाट पुनः इजलासमा बहस जारी रहने जानकारी गराए ।

पूर्व न्यायाधीश पाण्डेको ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो ।

उनी लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित रहँदै आएका थिए ।

उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  १ : २५ बजे