बिहिबार पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।
झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो ।
उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी जारी गरिएको थियो ।
झाँक्रीलाई साँझ रिहा गरेको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताएका छन् ।
रिहा भएपछी पत्रकारहरुसगा कुरा गर्दै नेतृ झाँक्रीले अब प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने बताइन् ।








