कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै



आज नेपाली कांग्रेसले देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै छ । पार्टिका जिल्ला कार्यसमितिहरुको आयोजनामा कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले चराणबद्द प्रदर्शन गर्दै आएको छ ।

जिल्ला जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  ५ : १३ बजे