कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले प्रतिनिधिसभा विघटन बिरुद्दको आन्दोलनलाई जारी राख्ने बताएका छन । प्रतिनिधिसभा विघटनविरुद्ध आज दाङमा आयोजित विरोधसभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
बिरोध सभामा बोल्दै कोइरालाले आन्दोलनका लागि कांग्रेसले कसैको सहारा लिनु जरुरी नरहेकोमा जोड दिदै प्रतिगमन विरुद्ध आन्दोलन गर्न कांग्रेस सक्षम रहेको उल्लेख गरे ।आन्दोलन गर्न कांग्रेस एक्लै सक्षम छ, कसैको सहारा आवश्यक छैन, सभालाई संबोधन गर्दै उनले भने, कांग्रेसले नेतृत्व गरेको आन्दोलन कसरी सफल हुन्छ भन्ने थाहा पाउन इतिहास पढे हुन्छ, विगतका आन्दोलन साक्षी छन् ।
कोइरालाले सरकार र नेकपाको अलोकतान्त्रीक चरित्र बिरुद्द आन्दोलनमा जुट्न पनि सबैलाई आग्रह गरे । महामन्त्री कोइरालाले सर्वोच्च अदालतले प्रती निधी सभा पुनर्स्थापना गरेर जनाताअर राजनितिक दलको बिश्वाशलाई कायम राख्ने पनि बिश्वास ब्यक्त गरे ।
सभामा केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरुमा देखिएको पद मोहका कारण संविधान र लोकतन्त्र खतरामा परेको बताए ।कम्युनिष्टहरुले भीरमा पुर्याएको लोकतन्त्रलाई कांग्रेसले सकुशल फिर्ता गर्ने र त्यसैका लागि आन्दोलनमा उत्रिएको नेता गिरीले दाबी गरे ।








