कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संसद् पुनर्स्थापना हुने बिश्वाश ब्यक्त गर्दै संसद् पुनर्स्थापनापछी प्रधानमन्त्री ओलीलाई झापाको भ्यु टावरमा बिचरण गर्न पठाउने बताएका छन ।
संसद् विघटनविरुद्ध कांग्रेसले चितवनमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।थापाले पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुने पनि चेतावनी दिए ।
प्राधाअनमन्त्रीले सेटिङमा शासन गर्ने परम्परा थालनी गरेको दाबी गर्दै थापाले भने ‘प्रश्न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने हो ? प्रश्न संविधानको शासन हो कि सनकको हो ? प्रश्न विधिको शासन हो कि सेटिङको शासन भन्ने हो ?’ ।
नेता थापाले प्रधानमन्त्री ओलिले देशलाई संविधानभित्र बसेर नभई सनकका भरमा चलाउन खोजेको जिकिर गरे ।








