पहिलो पटक शेर्पा भाषामा ल्होछार विशेष कार्यक्रम



ओखलढुंगाको सिद्धिचरण नगडरपािलकामा पहिलो पटक शेर्पा समूदायको महान पर्व ल्होछार विशेष कार्यक्रम गरी मनाएको छ । शेर्पा समूदाको पुरानो बर्ष लाई विदाइ गरी नयाँ बर्षको स्वागत गर्दै मनाइने ग्याल्पो ल्होछार धार्मीक तथा संस्कृतिक पर्व हो ।

२१४८ औं च्या मो लाङ लो ग्याल्पो ल्होसारको अवसरमा आपसमा शुभकामना साटा साट गर्नुका साथै छोलिङ गुम्बामा धार्मीक परम्परा अनुसार ङिस्यु गु पुजा, गुथुक खाने कार्य समेत सम्पन्न गरिएको विगुटार शेर्पा समाजकाओखलढुंगाका सचिव ङिमा शेर्पाले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका –७ विगुटार स्थित विगुटार शेर्पा समाजले स्थानीय शेर्पा समुदायको सहभागितामा पहिलो पटक औपचारिक कार्यक्रम गरिएको शेर्पाले बताउनुभयो ।

ल्होछारको औपचारिक कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उप प्रमुख इच्छा कुमारी गुरुङ, वडा अध्यक्ष बम बहादुर राई, प्रमुख प्शासकिय अधिकृत रामेश्वर पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई हर्साल्लासमय बनाउन र शेर्पा समुदायको भाषाको संरक्षण सम्बर्दनका लागि शेर्पा भाषलाई प्रथमिक्ता दिइएको बताइएको छ ।

शेर्पा समुदायको यस बर्षको भोट चन्द्र पात्रो अनुसार माघ २८ गते बाट सुरु भएर फाल्गुण महिनाको पूर्णीमाको दिन सम्म ल्होसार मनाउने चलन छ । नेपाल बहुजतिय,बहुसंस्कृतिक र बहुभाषिक, बहुँधार्मीक मुलुक भएकाले यो पर्व शेर्पा समुदायको विशेष चाड भएको भन्दै सहभागि अतिथिहरुले विशेषगरी शेर्पा समुदायलाई शुभ–कामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ५ : ३० बजे