प्रचण्ड–नेपाल समुहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेल घेरेर चौथो चरणको आन्दोलन सुरु गर्दैछ । । संसद विघटनविरुद्ध आन्दोलित प्रचण्ड–नेपाल समूहले चौथो चरणको विरोध कार्यक्रम अन्तर्गत बिहीबार ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्न लागेको हो ।

अपराह्न ४ बजेदेखि एक घण्टासम्म टुँडिखेल घेर्ने कार्यक्रम रहेको उक्त समूहले बताएको छ । घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएकोसमेत बताइएको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेताकार्यकर्ताहरु रहने छन् । सरकारबाट गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन्

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहिबार  ५ : २७ बजे