काँग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा जुलुस गर्न हुलका हुल मान्छे ल्याउन कांग्रेससँग पैसा नभएको बताएका छन् ।
नेपाल मगर सङ्घले बिहीबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन ।
‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँठाउँमा जुलुस पुर्याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने।
‘सडकमा आन्दोलन गर्नका लागि हुलका हुल मान्छे काँग्रेसले ल्याउन सक्दैन, काँग्रेससँग पैसा छैन,’ काँग्रेस सभापति देउवाले सम्मेलनलाई सम्बोधन गर्दै भने ।








