गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले पन्तको हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको समेत दावि गरेका हुन् ।
उनले भने, निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ । म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु । यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन ।
मन्त्री थापाले सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत बताएका छन् ।








