नेपाल सरकारले भारतबाट किनेको २० लाख डोज खोप मध्य कोभिशिल्ड खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याइएको।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आइपुगेको हो ।
उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा . समिरकुमार अधिकारीले जानकारी दिए










