अहिलेको युद्ध हामीले जित्नुपर्छ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा सही फैसला गर्ने विश्वास दिलाएका छन् । आज (मंगलबार) अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्ध हस्ताक्षर नामक पुस्तकको आज विमोचन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूहरु अदालतको फैसला सही आउनेमा विश्वस्त रहेको सनुाए । उनले भने,‘सही फैसला गर्छ भन्नेमा विश्वास छ ।’ अहिलेपनि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको उल्लेख गर्दै यो युद्ध जित्नुपर्ने धारणा राखे । उनले भने,‘हामीले यो युद्ध जित्नुपर्छ। जनता लडिरहेका छन् । यो शान्तिपूर्ण युद्ध हो। युद्धचाहिँ युद्ध नै हो।’

प्रचण्डले आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।प्रचण्डले भने, ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  १० : ०६ बजे