नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पनि आज (बुधबार) संसदीय दलको बैठक आह्वान गरेको छ ।
सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा नेकपाको ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ।
हिजोको फैसलामा सर्वोच्चले १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।
सो बैठकमा ओली समूहका सांसद सहभागी हुने या नहुने बारेमा केही बताएका छैनन् तर यसअघि जस्तै सबै सांसदलाई आमन्त्रण भने गरिएको समाचार स्रोतले बतायो ।








