नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन ।
सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन ।
गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम पार्टी एकता जोगाउन लागिपरेका छन ।








