नेपाली कांग्रेसले बिभाजित नेकपाका कुनै पक्षसँग पनि सहकार्य नगर्ने निर्णय गरेको छ। नेकपा विवादको टुंगो नलागेसम्म नेपाली कांग्रेसले कुनै पक्षसँग पनि सहकार्य नगर्ने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सहकार्यका लागि नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने निर्णय गरेको हो।
बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहले सहकार्यका लागि प्रस्ताव राखेको बताएका थिए।
भावी सरकारका लागि हतार नगर्न नेताहरुले बैठकमा सुझाव दिएका थिए।
नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।








