ओलीले देब गुरुङ्गलाई हटाएर विशाल भट्टराईलाई बनाए प्रमुख सचेतक



नेकपा संसदीय दलको प्रमुख सचेतक पदबाट नेता देव गुरुङ हटाइएका छन् ।

प्रधानमन्त्री केपि ओलीले गुरुङको ठाउमा बिशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन ।

ओलीले नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएको बुझिएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  १० : ३१ बजे