प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार पोखरा जाँदैछन् ।ओली बिहान साढे ११ बजेपछि उनी यति एयरलाइन्सको जहाजमा पोखरा जानेछन् ।
ओलीले पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने एबम गण्डकी प्रदेश सरकारले पोखरा–१ नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने र आज साँझ काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।








