कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (बिहिबार) बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्दैछ । बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्डा तय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएका छन् भने सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने अभिव्यक्ति दिइसकेका छन् ।
कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि निर्णय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।
सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।








