मलाई मधेश पस्न नदिएपनि पानी पस्न नरोक्नुहोला: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको बताएका छन । नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलिले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे । ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला’, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउततर्फ हेर्दै प्रधानमन्त्रीले भने ।केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको ओलिले बताए।

सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ।

 

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहिबार  ११ : ०५ बजे