बिप्लबतर्फ सङ्केत गर्दै ओलीले भने – एकतावद्ध भएर समृद्ध नेपाल बनाउने हो



प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछी मात्रै विप्लव समूहसँग तीन बुँदे सहमति भएको बताएका छन् । राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग एकताको संकेत समेत गरेका छन् । उनले आफ्नो दल र विप्लवको दल र त्रीशुली र सेती नदीसँग तुलना गर्दै एकताको संकेत गरे ।

‘त्रिशुली नदीमा सेती मिसिंदा फरह हुन्छन् पछि एउटै हुन्छन्,’ राष्ट्रिय सभागृहमा आज विप्लव समूहसँग शान्ति सम्झौतापछि ओलीले भने,‘हामी एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

ओलीले आफूहरुको उद्देश्य एउटै भएकाले असल मनशायका साथ अगाडि बढेकाले नजिकिदै जाने बताए । उनले भने,‘एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल

कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  १० : २५ बजे