दाहाल–नेपाल समूहको बैठक सम्पन्न : एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय



पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् ।

बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिने प्रसला गरेपछि नेकपाको राजनितिमा नयाँ तरङ्ग आएको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  १ : १८ बजे