नेपाली कांग्रेस र जनता सामाजवादी पार्टीको नेतृत्वबीच कांग्रेस सभापती देउबा निबासमा भएको वार्ता सकिएको छ ।वार्तामा सत्तारुढ एमाले बाहेकका दल मिलेर सरकार बनाउने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले छलफल शुरू भएको र आगामी दिनमा निरन्तरता दिने बताए ।उनले अब माओबादिसग पनि छलफल गरेर अघी बढ्ने बताए ।‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ। हामी माओवादी केन्द्रसँग पनि छलफल गर्छौं,’ ठाकुरले पत्रकारहरूसँग भने।
जसपा नेताहरूसँगको वार्ताअघि कांग्रेस पदाधिकारीको बैठकसमेत बसेको थियो । कांग्रेस पदाधिकारीको बैठकमा पदाधिकारीहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिएकोको शर्माले जानकारी दिए ।
तेसैगरि नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।आजै पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएर गरेको छलफलपछी नेताहरुले सभापति शेरबहादुर देउवालाई यस्तो आग्रह गरेका हुन्।








