माओवादी केन्द्रको बैठक आज बस्दै, एमालेमा गएका सांसदको पद गुम्ने सम्भाबना



नेकपा माओवादी केन्द्रको केन्द्रीयसमिति बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।।

तेस्तै बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन रसंसद्, सरकार, पार्टी विभाजन, अदालतको फैसला, कतिपय अवस्थामा पार्टी नेताहरूलाई गर्ने कारबाही गर्ने लगायतका एजेण्डा पनि छलफल हुने बताइएको छ ।

माओवादीको शनिवार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : चैत्र १, २०७७ आइतबार  ३ : ३८ बजे