प्रधानमन्त्री केपी शर्मा ओलीको उदण्डता बाट मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा सर्वदलिय सरकार बनाउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङदाम्वेले बताउनुभएको छ । आज नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा आङदाम्वेले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी विचको सहकार्यमा सरकार बनाउनु पर्ने बताउनुभएको हो ।
कम्यूनिष्ट शासन भएका केही मुलुकहरुको कपी गरेर ओलीले एक दलिय तानाशाह तिर मुलुकलाई उन्मुख गराएको भन्दै लोकतान्त्रीक मूल्य मान्यतानै सखाप पार्न खोजेको आरोप लगाउनुभयो । नेपाली कांग्रेसले परिकल्पना गरेको संविधानसभा मार्फत संविधान निर्माण गर्ने, स्वतन्त्र न्यायलय बनाउने, संबैधानीक आयोगहरु निर्माण गरेर मुलुकको शान्ती समृद्धि र शुशासन कायम गराउदै जनताका अधिकारहरु सुनिश्चित गर्ने कार्यलाई ओलीसरकारले सिध्याउन खोजेको वाहाको भनाइ छ ।
ओलीले आफ्नै पार्टी भित्र कोपभाजन गरेर कुरा नमिल्ने साथिहरुलाई हटाउने काम गरेको बताउदै संविधानसभा सदस्य समेत रहनुभएका आङदाम्वेले संविधानमै नभएको कदम चालेर संसद विघटन जस्तो अक्षम्य काम कम्यूनिष्ट सरकारले गरेको आरोप लागउनुभयो । जनताले दिएको बुहुमतको अपमान गर्दै नेपालको कम्यूनिष्ट पार्टी सरकारी र गैर सरकारी दुइभागमा विभक्त भएर सदन देखि सडक सम्म नाटक मञ्चन गर्दै हिडेको वाहाको भनाइ छ ।
वर्तमान प्रधामनमन्त्री केपी ओलीले सरकार टिकाउन देशको संविधान र कानुनलाई समेत संसोधन गर्ने गरी जसपासंग मिल्ने प्रयत्न गरिरहेको जानकारी गराउदै नेता आङदाम्वेले देशको संकट समाधानका लागि माओवादी र जसपा समेतको समिकरणमा कांग्रेसले सरकार बनाउने कुरामा पार्टीभित्र समेत सहमति भैसकेको बताउनुभयो । फरक प्रसंगमा कांग्रेसको १४ औ महाधिवेशन संबैधानीक र पार्टीको बैधानीक हिसावले भदौ भन्दा पछि लैजान नमिल्ने हुँदा कुनैपनि हालतमा भदौ भित्र चौधौ महाधिवेशन भएरै छाड्ने बताउनुभयो ।








