नेकपा एमालेको माधवकुमार नेपाल समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ।
आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलि समुहसगको भेटघाट बारे आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा नेपाल समुहको भेलाले यस्तो निर्णय गरेको हो ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने निउष्कर्स निकालेको ति नेताले बताए ।
धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो ।








