माधब नेपालको गुट भेलामा गए कारबाही हुन्छः ओली



प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले को माधब नेपाल समूहले काठ्माण्डौमा आयोजना गर्न लागेको कार्यकर्ता भेलामा सहभागी हुनेलाई कार्बाहिको चेतावनी दिएका छन ।

बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु।’‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’,

हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ७ : ५९ बजे