नेपाली कांग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले सोलुखुम्बु जिल्लामा पार्टिको नयाँ क्रियाशिल वितरण तथा नविकरण प्रक्रीया निष्पक्ष बनाउन आग्रह गरेका छन ।जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नम्बर १ र २ मा नया क्रियाशिल वितरण तथा नविकरणका क्रममा भएको भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै नेता कार्किले यस्तो आग्रह गरेका हुन ।
क्रियाशिल वितरणका क्रममा को कस्को मान्छे हेर्ने भन्दा पार्टिमा गरेको योगदान र पार्टिप्रतिको प्रतिबद्द्ता हेरिनुपर्नेमा नेता कार्किले जोड दिए ।चर्को गुटबन्दिका कारण पार्टिका सबै नेता कार्यकर्ताको राजनितिक भबिष्य अन्योलमा पर्दै गएको र पार्टी निरन्तर कमजोर बन्दै गएकोले आफुले सदैब पार्टी एकता र र आन्तरिक मेलमिलापको पक्षमा आवाज उठाउदै आएको कार्किले उल्लेख गरे ।पछिल्लो समय पार्टी एकताबद्द हुने सम्भाबना बलियो बन्दै गएको र पार्टी एकताबद्द बनाउन आफु लागिरहने पनि कार्किले बताए ।


उक्त कार्यक्रममा ८३ वर्षिय स्थानिय नन्दलाल निरौला नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।
गाउँपालिकाको वडा नम्बर १ र २ मा नया क्रियाशिल वितरण तथा नविकरणका क्रममा भएको उक्त भेटघाटमा पार्टिको प्रदेश क्षेत्र (क) का शभापती धनजन राइ ,महासमिती सदस्य शम्भुहरी बास्तोला , नेचासल्यान गाउँपालिकाका शभापती निरकुमार कटेल , युबा नेता चन्द्र प्रसाद आचार्य लगायत पार्टिका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।सोलुखुम्बुमा जिल्लामा हाल कांग्रेसको नया क्रियाशिल वितरण तथा नविकरण प्रक्रीया चलिरहेको छ ।








