कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री ओलिले लोकतन्त्रको रक्षा गर्न नसक्ने बताएका छन ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पौडेलले आफ्नो पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्न नसक्ने दाबी गरेका हुन ।”आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ?” पौडेलले प्रश्न गरेका छन ।
पौडेलले लेखेका छन ” लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस् |आफ्नो पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले अझै स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाक बाहेक केही होइन|आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ?”








