कांग्रेस नेता अशोक कोइरालाको निधनप्रती महामन्त्री डा. कोइरालाद्वारा दुख ब्यक्त



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस माेरङका पूर्वसभापति एबम कांग्रेस नेता अशोक कोइरालाको निधनप्रती दुख ब्यक्त गरेका छन ।सामाजिक सञ्जाल मार्फत शोक सन्देश जारी गर्दै महामन्त्री कोइरालाले नेपालकाे प्रजातान्त्रिक आन्दोलनका अथक याेद्दा अशोक काेइरालाको याेगदान नेपाली जनताले सँधै सम्झिरहने उल्लेख गरेका छन ।

कोइरालाले भनेका छन ” जस्ताेसुकै कठिन परिस्थितिमा पनि देश, जनता र लाेकतन्त्रकाे पक्षमा उभिने उहाँकाे दृढता हाम्रा लागि मार्गदर्शन बन्नेनैछ ।”निष्ठावान, सरल नेताकाे निधनले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र समग्र कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेकाे कोइरालाले उल्लेख गरेका छन ।

संविधानसभा सदस्य समेत रहेका ७७ वर्षीय अशोक कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।कोइराला परिवारका सदस्य अशोक नेपाली पूर्व काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्व। सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौँ सन्तानका रूपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।नेता कोइराला २०४४ सालमा नेपाली काँग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

प्रकाशित मिति : चैत्र ५, २०७७ बिहिबार  ४ : ३० बजे