ओलिले गरे एमाले संसदीय दल बोर्ड गठन : झलनाथ खनाल र माधव नेपाल पनि बोर्डमा



नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ ।

बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको छ ।

बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।

यसैगरी बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव गर्न कार्यदल पनि गठन गरेको छ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई छन्।

प्रकाशित मिति : चैत्र ५, २०७७ बिहिबार  ८ : ०४ बजे