अध्यक्ष ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने सम्मको अधिकार



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पाएका छन्। शनिवार बालुवाटारमा बसेका केन्द्रीय समितीको बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएका हुन् ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको एक नेताले बताए ।

यस्तै पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार ओलीलाई दिइएको छ । वैठकले केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्नुका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  १ : १५ बजे