ओलि हिटलर बन्दैछन : डा .भट्टराई



पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गर्ने रणनीतिमा लागेको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै उनले ओलीले एमालेभित्रबाटै थप अधिकार पाएको र नेपालमा हिट्लरको उदय भइरहेको समेत दाबी गरेका छन् ।

भट्टराइले लेखेका छन ” हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ; । । ।अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!”

प्रकाशित मिति : चैत्र ८, २०७७ आइतबार  ३ : ४६ बजे