कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो दुई बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन ।बैठकमा पार्टिको १४ औं महाधिवेशन तथा बर्तमान समसायिक राजनीतिकका बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
तेस्तै बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने एक नेताले न्यू सन्चारलाई बताए।सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाट औपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुने उनले बताए।
यस अघी शभापती देउबासग असन्तुष्ट नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल निबास बोहोराटारमा छुट्टै भेला र छलफल गरेका थिए ।पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका निर्बाह गर्न नसकेको र शभापतिले कुनै तदारुकता नदेखाएको असन्तुष्ट नेताहरुले बताउदै आएका छन ।सभापति देउवाका गतिबिधिले कांग्रेस ओली सरकारकै सहयोगीजस्तो देखिएको भन्दै असन्तुष्ट नेताहरुले आलोचना गर्दै आएका छन् ।








