एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।शुक्रबारका लागि काठमाडौंमा बस्ने गरी बैठक बोलाईएको ब ताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ।
तेस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मागेको स्पष्टिकरणका बारेमा पनि छलफल भइ टुङ्गोमा पुर्याउने तयारी भएको बताइएको छ ।
यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।








