ओलिसग सत्तामा बस्ने नैतिकता बाकी छैन : नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ ।बिहिवार बिराटनगर पुग्नु भएका नेता सिंहले पत्रकार सम्मेलनमा ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको हो ।साथै उहाँले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेका बताउनु भयो ।

देश बिकासका लागी कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उहाँको भनाई छ ।उहाँले भन्नु भयो ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो ।’आन्तरिक भागभण्डा नमिले पछि कम्युनिष्टहरुले देशलाई दुर्घटना तर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहिबार  १ : १० बजे