शुक्रबार थप १५६ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु



शुक्रबार नेपालमा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । तेस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससगै हालसम्म कोरोनाको कारण ३ हजार २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा ७० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  १२ : ११ बजे